
स्थानीय एउटा ग्यारेजमा त्यहाँका कामदारहरुले एउटा टिनको बाकसलाई हात पुछ्ने गम्छा बनाउँदा त्यसमा मान्छेको अनुहार बन्न पुगेको थियो र त्यो अनुहार त्यहाँका मानिसहरुले येशू ख्रिष्टको मान्दै त्यसलाई जति भन्यो त्यति दाम तिर्न राजी रहेको एनानोभा समाचार संस्थाले जनाएको छ ।डेब सेरियोले यो प्रतिमायुक्त टिन चोइटो अमेरिकी राज्य भर्जिनियाको जङ्गल छेउ पाएकी थिइन् । अहिले त्यो प्रतिमा इबे वेबसाइटमा एक हजार पाँच सय २५ अमेरिकी डलरमा बिक्री भएको डेली टेल्रि्राफ अखबारले जनाएको छ ।एउटा स्थानीय हाइ स्कूलकी शिक्षिकाले दङ्ग पर्दै भनिन्- "म ज्यादै अचम्ममा परेकी छु कि कोही किन यति हत्ते गरिरहेको छ, जाबो एउटा अस्पष्ट चित्रका लागि !""साँच्ची भनुँ - मैले यसबाट पैसा कमाउँली भनेर रत्तिभर पनि सोचेकी थिइनँ", चहकिँदै उनले बताइन् ।यो चित्रलाई इन्टरनेटमा बेच्नका लागि राखेपछि संसारभरबाट उनलाई सयौँ सूचना आएको र येशू ख्रिष्टको यो चित्र आफूलाई बेच्न आग्रह गरिएको उनले बताइन् । यता एक जना येशू ख्रिष्ट सम्बद्ध संस्था लुथरनका क्रियाशील सदस्यले यो एउटा आकस्मिकता रहेको र योर् इश्वरको संकेत या जादू केही पनि नभएको बताएका छन् । "कोही कोही यस्तो पाए आफूलाई भाग्यमानी ठान्छन् र नयाँ कुराको शुरुवातमा यसलाई शुभसंकेत मान्दै नयाँ कामको थालनी गर्छन् । तर मलाई यस्तो कुरामा विश्वास छैन । त्यसैले यसलाई बेच्न लागेकी हुँ", यही चित्रकै कारण एक हजारभन्दा बढी डलरकी मालिक्नी बनिसकेकी उनले बताइन् ।
1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment