Google
अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Monday, September 3, 2007

आईफोन ह्याक भयो, कारको मोलमा फर्मूला बेचियो

अहिलेसम्मकै सबैभन्दा लोभलाग्दो विद्युतीय सामग्रीको सूचिमा परेको आईफोनका विषयमा यसका निर्माताहरुको दाबी के थियो भने, यसको सूत्र यति गाह्रो छ कि यसलाई त्यसै चलाउन मिल्दैन । अमेरिकी फोन कम्पनी एटीएण्डटी नामक कम्पनीको सिममा मात्र चल्ने गरी बनाइएको यो आईफोनको सूत्रलाई तोडेर एक अमेरिकी टीन एजरले अन्य फोनको सिममा समेत चलाउन मिल्ने बनाएको दाबी गरिएको छ ।

एपी समाचार संस्थाका अनुसार न्यूजर्सीका जर्ज होत्जले यो सूत्र पत्ता लगाएका हुन् । यो सूत्र पत्ता लगाएपछि बिग्रिएका मोबाइल फोन बनाउने पसल सेर्टीसेलले उनलाई त्यो सूत्र किन्नका लागि एउटा नयाँ निसान ३५० जेड कार दिने प्रस्ताव अघि सारेको छ ।

आफूले हृ्याक गर्न सफल भएको फोनलाई बेच्ने अन्तिम तयारी गरिरहेका होत्जले १७ वर्षीय होत्जले भने- "कलेजको गर्मीयामको छुट्टी मेरालागि साँच्चिकै सुखदायी बनेको छ ।"


उनलाई हृ्याक गर्न सघाउने अन्य तीन जनालाई एक-एक वटा आई
फोन उपहार दिने उनले बताएका छन् । उनले भने- "इन्टरनेटमा मलाई सघाउनेहरुले गर्दा मैले यसलाई सजिलै हृ्याक गर्न सकेको हुँ । त्यसका लागि म उनीहरुलाई एक एक वटा आईफोन दिएर धन्यवाद ज्ञापन गर्न चाहन्छु ।"

यो फोनलाई हृ्याक गर्न उनलाई ५०० घण्टा लागेको थियो । आईफोन जुन २९ मा बिक्री शुरु भएयता उनले दैनिक आठ घण्टा यसको सूत्र पत्ता लगाउनमा बिताएका थिए ।


यता
सेर्टीसेलका उपाध्यक्ष टेरी डेडोनले उनलाई सेर्टीसेलमा जागीरको प्रस्ताव राखेका छन् । उपाध्यक्ष टेरीले भने- "हुन त हामीले होत्जको खोजलाई व्यवसायिक रङ दिने योजना बनाइसकेका छैनौँ तर यो साँच्चिकै गज्जबको कार्य चाहिँ हो ।"

ह्याक गरिसकेपछि अब यो आईफोन एटीएण्डटीबाट मात्र नभई अन्य सेलुलर नेर्टवर्कका सिमबाट पनि चल्ने गर्दछ ।

2 comments:

Keshab Ghimire said...

Nice blog Keep it Up.
Best of Luck

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।