Google
अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।

Monday, September 3, 2007

dot xxx (.xxx)

यौनप्रधान सामग्रीका लागि एउटा बेग्लै डोमेन नामको प्रस्ताव राख्दै गरिएको निवेदनलाई इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एण्ड नम्बर्स (आइक्यान)ले अस्वीकृत गरेको छ । करिब सात वर्षअघि पेश गरिएको यो निवेदनमाथि धेरैअघिदेखि छलफल चलाइँदै आए पनि पाँचका विरुद्ध नौ मतद्वारा पराजित भएपछि यौनजन्य वेबसाइटको पछिल्तिर जोडिने डटएक्सएक्सएक्स (.xxx) को सम्भावना समाप्त भएको हो ।
तीन दिनअघि भएको यो निर्णय आइसीएम रजिष्ट्रीका अध्यक्ष स्टुआर्ट ललीको गम्भीर असहमति थियो- "बोर्डको यो निर्णय बाट हामी ज्यादै दुःखी भएका छौँ । बोर्डको यो निर्णयले यौनप्रधान सामग्री पस्किने वेबसाइटलाई नियमन गरिने कुरामा बिल्कूलै बेवास्ता गरिएको छ ।".xxx को शुरुवातपछि बेपत्तासँग खुलेका यौन मनोरञ्जनका इन्टरनेट पसललाई नियमन गर्न सजिलो हुने यसका पक्षधरहरुको विश्वास थियो । यसले इन्टरनेटमा हुने बाल यौन दुराचार र अन्य वयस्क सामग्रीलाई अरुसँग घुलमिल हुनबाट रोकिन सक्ने उनीहरुको धारणा थियो । उमेर नपुगेकाहरुलाई यस्ता ठाउँमा घुस्नबाट यो डोमेनले निकै नै सघाउ पुग्ने थियो, तर आइक्यानले यस्तो अवसरलाई ध्यान नदिएकोमा उनीहरुको गम्भीर आपत्ति थियो ।त्यसो त यति गम्भीर विषयलाई हचुवाको भरमा निर्णय गरिनु हुन्न भन्ने कुरा आइक्यानका प्रमुख कार्यकारी पल ट्वोमीलाई राम्रैसँग थाहा थियो । त्यसैले यस्ता विषयमा इन्टरनेटका ज्ञाताहरुलाई ब्लगमा भरमार छलफलसमेत गराइएको थियो । जुन छलफलमा त्यो डोमेन प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा गम्भीर मतभेद र स्पष्ट ध्रुवीकरण देखिएको थियो ।यो प्रस्तावको विरुद्धमा यौनसम्बन्धित मनोरञ्जन उद्योग र धार्मिक संघसंस्थाहरु खुलेर लागेका थिए । अझ यौन मनोरञ्जनका केही विज्ञहरुले त यदि त्यस्तो गरिएमा अन्य वेबसाइट र यौन वेबसाइटबीच फरक हुने र यौनप्रधान साइटहरु एक्लिने डर व्यक्त गरेका थिए । एक्लिएका यस्ता साइटमाथि सरकारले सीधै आक्रमण गर्न सक्ने भयसमेत उनीहरुको थियो । यता केही धार्मिक समूहले चाहिँ यौनप्रधान बेग्लै डोमेनले छाडापनलाई अझ बढावा दिने भन्दै घोर आपत्ति व्यक्त गरिरहेका थिए । अनि अरुको धारणामा चाहिँ यदि डटएक्सएक्सएक्स लागू भएमा आइसीएम रजिष्ट्री मालामाल हुने भविष्यवाणी गरिरहेका थिए किनभने यदि त्यसो भएमा यौनप्रधान हरेक वेबसाइटले आफ्नो पूर्व वेबसाइटको सट्टामा डटएक्सएक्सएक्समा दर्ता गर्नुपर्नेछ र हरेक नामबापत् आइसीएम रजिष्ट्रीलाई कम्तीमा पाँच सय डलर तिर्नुपर्नेछ । लाखौँका संख्यामा रहेका यस्ता वेबसाइटबाट हुने आम्दानीका लागि आइसीएम मालामाल हुने अनुमान पनि गरिएको थियो ।तर यौनसामग्री सम्बन्धी वेबसाइटका लागि डटएक्सएक्सएक्स प्रस्ताव गर्ने र त्यसलाई सहयोग गर्नेहरु भने आइक्यानजस्तो संस्थाले सेवामा ध्यान दिनु पर्ने तर कसैले पस्किने सामग्रीकै आधारमा पाखा लगाउनु नहुने तर्क अघि सारिरहेका छन् । "यसलाई अस्वीकृत गर्नु कमजोरी, लाछिपन र नियमविपरीत छ", बोर्डका एक सदस्य सुसान क्रफोर्डले भनिन्- "यस्ता कुरामा राजनीति घुस्नु हुँदैन ।"

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।